ओलीले फिर्ता लिए नेपालसहित ४ नेताको कारवाही

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेताहरुको कारवाही फुकुवा गरेको छ ।

आज बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि गरिएको कारवाही फिर्ता लिइएको हो ।

पार्टी एकता कायम राख्न भन्दै नेताहरुको कारवाही फिर्ता गरिएको बालुवाटार स्रोतले जनाएको छ । नेपाल पक्षले पार्टी हित विपरित काम गरेको भन्दै स्पष्टीकरण सोधेको र स्पष्टीकरण नआएपछि कारवाही गरिएको थियो ।

यता प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई सत्ताबाहिर ल्याउन आफूहरु सामूहिक राजीनामा समेतको तयारीमा नेपाल पक्ष लागेको थियो । सोमवार ओलीले संसदबाट विश्वासको मत लिन नसकेपछि नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपतिले ४ दललाई आह्वान गरेकी छिन् । तर दलहरुबीच बहुमतसहित सहमती नजुट्दा नयाँ बहुमतको नयाँ सरकार गठन हुन सकेको छैन । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले वैकल्पिक सरकारमा सामेल नहुने अडान लिएका छन् । तर ओलीलाई सरकारबाट हटाउनका लागि आफूहरु राजीनामा समेत दिन तयार रहेको नेपाल पक्षका नेताहरुले चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?