आजको बजार : सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीवार (आज) सुनचाँदीको मूल्य गिरावट आएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार रहेको थियो । आज छापावाला सुनको मूल्य तोलामा ४ सयले गिरावट आइ प्रतितोला छापावाला सुन ९१ हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार १ सय रहेको छ ।

बुधवारको तुलनामा आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ ।

बुधवार प्रतितोला चाँदीको मूल्य १३ सय ४५ रहेको थियो । भने आज मूल्य गिरावट आइ प्रतितोला चाँदी १३ सय ३५ कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?