पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कोरोना संक्रमणका कारण नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणमुक्त भएसँगै पूर्वराजा शाह बुधबार साँझ अस्पतालबाट डिस्चार्ज भएका हुन् । शाह कोरोना संक्रमणपछि पूर्वरानी कोमल शाह र छोरी प्रेरणा शाहसँगै १९ दिन अघि अस्पताल भर्ना भएका थिए ।

उनको ३ दिन अघि कोरोना नेगेटिभ देखाएको थियो । पूर्वरानीलाई भने हाईफ्लो अक्सिजन दिएर अस्पतालमा राखिएको भएपनि हाल स्वास्थ्य सुधारोन्मुख रहेको अस्पताल प्रशासनले बताएको छ । पूर्वरानी र छोरी प्रेरणा भने अस्पतालमै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?