जेठ २ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाईने

काठमाडौं । कोभिड १९ कोरोना भाईरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा खोप जेठ २ गतेदेखि लगाईने भएको छ ।
आज स्वास्थ्य कार्यालय काठमाडौंले एक सूचना जारी गरी जेठ २ गतेदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइने जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द्र, काठमाडौंको वैशाख २५ गतेको निर्णय अनुसार कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा जनस्वास्थ्यको मापदण्ड पालना गर्दै १८ वर्षदेखि ५९ वर्ष उमेर समुहका व्यक्तिहरुलाई लगाउन लागिएको सूचनामा उल्लेख गरिएको छ ।

पहिलो मात्रा खोप लगाएको खोप कार्ड लिएर आफ्नो पालिका, वडा अथवा खोप केन्द्रमा जान अनुरोध गरिएको छ । खोप कार्यक्रम बैशाख १५ गतेसम्म सञ्चालन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?