मुख्यमन्त्री गुरुङद्वारा नियुक्ति पाएकै दिन प्रदेश कोरोना कोषमा ४ करोड दिने घोषणा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि ४ करोड दिने निर्णय गरेका छन् ।

आज मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण प्रश्चात त्यस्तो घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै मुख्यमन्त्री गुरुङले भनेका छन्- ‘गण्डकी प्रदेश सरकारले खडा गरेको कोभिड कोषमा सरकारको तर्फबाट ४ करोड दिने निर्णय गरेको छु।’

त्यस्तै आफू गण्डकी प्रदेशका जनताको आर्शिवाद र कृपाले पुनः मुख्यमन्त्रीमा नियुक्त भएको बताएका छन् ।

मुख्यमन्त्रीको सपथ लगत्तै सामाजिक सञ्जालमा प्रतिक्रृया दिँदै मुख्यमन्त्री गुरुङले प्रदेशको उन्नती, समृद्धि र विकासका साथ नेपालको उदाहरण प्रदेश बनाउने मुख्य योजना रहेको बताए ।

‘गण्डकी प्रदेशका जनताको आशीर्वाद र कृपाले आज मैले गण्डकी प्रदेशको मुख्यमन्त्री को पदभार सम्हालेका छु।गण्डकी प्रदेशको उन्नति, समृद्धि र बिकाशका साथ नेपाल को उदाहरण प्रदेश बनाउनु मेरो प्रमुख योजना रहेको छ।’ मुख्यमन्त्री गुरुङले भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?