नेपाल कोरिया अस्पतालमा ६० लाख रुपैयाँ लगानीमा अक्सिजन उत्पादन गरिने

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल आफैँले अक्सिजन उत्पादन गर्ने भएको छ ।

नगरपालिकाले करीब ६० लाख रुपैयाँको लगानीमा आफ्नो अस्पतालका लागि अक्सिजन उत्पादन गर्ने भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

अस्पतालमा अहिले ४३ जना कोरोना संक्रमित भर्ना भएर उपचार भइरहेको र दैनिक ७० सिलिण्डर अक्सिजन आवश्यक पर्ने भएकाले आफैँले अक्सिजन उत्पादन गर्न प्लान्ट निर्माण शुरु गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?