टेकु अस्पतालमा भोलिदेखि पीसीआर परीक्षण शुरु हुने

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतााललाई सरकारबाट ‘ए’ ग्रेडको मान्यताप्राप्त बिध ल्याबले दुई हजार थान एक्सट्रयाक्सन किट सहयोग गरेको छ ।

कोभिड–१९ (कोरोना भाइरस) को महामारीमा किटको अभाव देखिएको थियो । किट अभावमा हिजोदेखि पीसीआर परीक्षण स्थगित भएपछि ल्याबले सहयोग उपलब्ध गराएको हो ।

ल्याबकी इन्चार्ज डा. बिनिता थापाका अनुसार महामारीको बेलामा सरकारसँग मिलेर अघि बढ्न किट सहयोग गरिएको हो । टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार भोलिदेखि नियमित पीसीआर परीक्षण हुनेछ ।

कोभिडको दोस्रो लहर शुरु भएपछि बढ्दै गएको संक्रमण नियन्त्रणका लागि परीक्षण आवश्यक भएको भन्दै ल्याबकी इन्चार्ज थापाले आफूहरु सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?