२०७८,असार,४,शुक्रवार

हुण्डी कारोबारमा संलग्न ४ जना ८२ लाख ५० हजार रुपैयाँसहित पक्राउ


काठमाडौं । पर्सामा हुण्डी कारोबारमा संलग्न ४ जना ८२ लाख ५० हजार रुपैयाँ सहित पक्राउ परेका छन् ।

अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न रहेको अभियोगमा ८२ लाख ५० हजार रुपैयाँ सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-३ आदर्शनगर पानीटंकीमा डेरा गरी बस्ने भारत विहार मोतिहारी रक्सौल-१८ ठेगाना भएका २७ वर्षीय विकास कुमार, भारत विहार मोतिहारी रक्सौल-९ ठेगाना भएका २२ वर्षीय गुड्डु कुमार, भारत विहार मोतिहारी ठेगाना भएका १८ वर्षीय किशोर र बारा महागढी नगरपालिका-४ ठेगाना भएका १८ वर्षीय किशोर रहेका छन् ।

विकास कुमारसमेतका व्यक्तिहरूले हुण्डी गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बारा घर भएका १८ वर्षीय किशोरलाई आदर्शनगर चोकबाट २५ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो ।

अनुसन्धान गर्नेक्रममा विकासको डेरा तलासी गर्दा दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइ राखेको ५७ लाख ५० हजार रुपैयाँ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूबाट ना ८ प ४८९७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति: २०७८,बैशाख,२९,बुधबार १९:१४


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८

काठमाडौं । पोखरा पर्यटन परिषद् आवद्ध सङ्घ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा

लमजुङ । लमजुङमा उत्पादन भएको बिजुलीले देश नै झिलिमिली भएपनि जिल्लाकै बासिन्दा भने मारमा रहेका छन् । जिल्लामा आधा दर्जनभन्दा

मनाङ । अविरल वर्षापछि आएको बाढी पहिरो पीडितको उद्दार गरिएको छ । मौसममा केही सुधार आएपछि शुक्रवार (आज) मनाङका विभिन्न