२०७८,असार,४,शुक्रवार

अक्सिजन उपलब्ध गराइदिन सुदूरपश्चिमका निजी अस्पतालहरूको माग


धनगढी । अक्सिजन आपूर्ति ठप्प हुन थालेको भन्दै सुदूरपश्चिम प्रदेशका निजी अस्पतालले कोरोना बिरामीको उपचार गर्न नसकिने जनाएका छन् । निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश अफिनले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

‘अक्सिजन आपूर्ति पर्‍याप्त भएन भने कोभिडका बिरामी भर्ना लिन नसकिने अवस्था आएको सबैमा जानकारी गराउँछौं,’ अफिन सुदूरपश्चिमका अध्यक्ष जनकराज जोशीद्वारा मंगलवार प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

निजी अस्पतालहरूको उक्त संगठनले अक्सिजन सहज रूपमा उपलब्ध गराउने वातावरण मिलाइदिन सरकारलाई अनुरोधसमेत गरेको छ ।

सरकारी अस्पतालहरू भरिभराउ भएपछि प्रदेश सरकारको सहकार्यमा यहाँका निजी अस्पतालहरूले संक्रमितको उपचारका लागि वार्ड सञ्चालन गरेका छन् । हाल सुदूरपश्चिमभरि अक्सिजनको चरम अभाव छ ।

प्रकाशित मिति: २०७८,बैशाख,२९,बुधबार १९:०८


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोखरा पर्यटन परिषद् आवद्ध सङ्घ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा

लमजुङ । लमजुङमा उत्पादन भएको बिजुलीले देश नै झिलिमिली भएपनि जिल्लाकै बासिन्दा भने मारमा रहेका छन् । जिल्लामा आधा दर्जनभन्दा

मनाङ । अविरल वर्षापछि आएको बाढी पहिरो पीडितको उद्दार गरिएको छ । मौसममा केही सुधार आएपछि शुक्रवार (आज) मनाङका विभिन्न

काठमाडौं । विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी