काठमाडौं । दिल्ली प्रहरीले घटना भएको २४ घण्टा भित्रै एक घटनाको खुलासा गरेको छ ।
९ मे मा संगीताले आफ्नो श्रीमान फूलो राई हराएको भन्दै प्रहरीकामा उजुरी दिइन् । उजुरीमा लेखिएको थियो मेरो श्रीमान हिजो देखी बेपत्ता छन् ।
संगीताको उजुरी पछि प्रहरीले अनुसन्धान शुरु गर्यो । संगीता अचानक पुलिस स्टेशन पुगीन् र लाश खमालपुर शवगृहमा फेला परेको आफै जानकारी दिइन् ।
घटना यति मै सकिएन। पतिको हत्यामा उनकै श्रीमति जो उजुरी दिन गएकी थिइन् उनकै हात रहेको खुल्न आयो । ति महिलाले आफ्नो प्रेमीसँग मिलेर आफ्नो श्रीमानको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनले प्रेमीसँग मिलेर राईलाई मादक पदार्थ खुवाएको र दुवै जना मिलेर उनको हत्या गरेको प्रहरी बयानमा बताएकी छिनु् ।
हाल प्रहरीले आरोपित महिला र उनको प्रेमीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया