कोरोनाबाट मृत्यु भएका संक्रमितहरुको शव व्यवस्थापन आफन्तले गर्न पाउने

लोकपथ
611
Shares

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको मलामीमा २५ जना सहभागी पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै कोभिड संक्रमितको मृत्यु भई शव व्यवस्थापन गर्नुपर्दा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जना भन्दा बढी मलामी सहभागी नहुन आग्रह गरेको हो ।

संक्रमित व्यक्तिको शव व्यवस्थापन तथा अन्त्येष्टी आफ्नो धर्म परम्परा र संस्कृति अनुसार गर्न सकिने मन्त्रालयको भनाइ छ । यद्यपि २५ भन्दा बढी मलामी नहुने गरी जनस्वास्थ्यका मापदण्ड पालना गरी सहभागी हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

सूचना : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?