२०७८,असार,४,शुक्रवार

निषेधाज्ञामा बिहे भोज : प्रहरी पुगेपछि भागाभाग, बेहुला पक्राउ


काठमाडौं । पर्वतको जलजला गाउँपालिका-२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला-२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् ।

मंगलवार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ । उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०-४० गाउँले भेला भएको प्रहरीले जनाएको छ । प्रहरी पुगेपछि सहभागी भागाभाग भएका थिए ।

प्रहरीले सबै भागेपछि दुई बेहुलालाई समातेर आवश्यक कारवाहीपछि छाड्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताए ।

प्रकाशित मिति: २०७८,बैशाख,२९,बुधबार १७:३२


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८

काठमाडौं । पोखरा पर्यटन परिषद् आवद्ध सङ्घ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा

लमजुङ । लमजुङमा उत्पादन भएको बिजुलीले देश नै झिलिमिली भएपनि जिल्लाकै बासिन्दा भने मारमा रहेका छन् । जिल्लामा आधा दर्जनभन्दा

मनाङ । अविरल वर्षापछि आएको बाढी पहिरो पीडितको उद्दार गरिएको छ । मौसममा केही सुधार आएपछि शुक्रवार (आज) मनाङका विभिन्न