काठमाडौं उपत्यकामा मात्रै थपिए ३ हजार ९ सय २४ संक्रमित

लोकपथ
260
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै कूल ३ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ३२५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा नेपालमा थप ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६८ जनमा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?