२०७८,असार,४,शुक्रवार

चौलागाईँको निधनमा एमालेले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने


काठमाडौं । नेकपा (एमाले) ले प्रदेशसभा सदस्य पशुपति चौलागाईँको निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ । उनको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा शोकपुस्तिका पनि राखिने छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व चौलागाईँको तस्वीरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जलि दिएका थिए । साथै कार्यालयमा शोकपुस्तिकासमेत राखिएको छ ।

पार्टी केन्द्रीय सदस्य चौलागाईँको मंगलवार कोरोना संक्रमणका कारण निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चौलागाईं दोलखा खबाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद भएका थिए।

विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलागाईँ भद्र, निष्ठावान् र इमान्दार नेता थिए । चौलागाईँकोे जन्म २०२० फागुन ५ गते दोलखा जिल्लाको काभ्रे गाउँमा भएको थियो । उनी हाल मध्यपुरथिमिमा बस्दै आएका थिए । पिता चन्द्रप्रसाद र आमा भक्तमायाको सन्तानका रुपमा जन्मीएका उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

उनले २०३४ साल कात्तिक (तत्कालीन माले) बाट राजनीतिक यात्रा शुरु गरेका थिए । उनले पटकपटक गरी छ महिना बन्दी जीवन बिताएका थिए ।

विगतमा शिक्षण पेशाको अनुभवसमेत सँगालेका चौलागाईँले भारत, बंगलादेश, श्रीलंका, चीन, थाइल्याण्ड, भियतनाम, इण्डोनेशिया, बेलायत, अमेरिका, फ्रान्स, जर्मनीलगायत धेरै देशको भ्रमण गरेका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनको निधनबाट शोक वक्तव्य जारी गरी पार्टीले एउटा असल र निष्ठावान् नेतालाई गुमाउन पुगेको जनाउँदै राजनीतिक योगदानलाई सदा पार्टीले सदा स्मरण गर्ने बताएका छन् । पार्टीका नेता माधवकुमार नेपालले पनि शोक वक्तव्य जारी गरी उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन् ।

प्रकाशित मिति: २०७८,बैशाख,२९,बुधबार १६:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निजामति सेवाको विशिष्ट सचिव पद खाली हुँदै गएको छ । लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाई गर्दा यो

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले भूउपयोग नीतिलाई कडाइका साथ लागु गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्ने

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमा चुरे क्षेत्रको ढुंगा, गिट्टी बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वन नगर्न

काठमाडौं । नेपालमा कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८

हजुर अब पत्रकार नै बन्नुस् !
 २०७८,असार,४,शुक्रवार १८:२५