कर्णालीका मुख्यमन्त्री शाहीले दुई मन्त्री नियुक्त गर्दै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् ।

मुख्यमन्त्री शाहीले रुकुम पश्चिमका गोपाल शर्मा र सुर्खेतका विन्दमान विष्टलाई मन्त्रि नियुक्त गर्न सिफारिस गरेका छन् ।

सिफारिस भएका मन्त्रिहरुलाई आज नै नियुक्त गरि सपथ ग्रहण हुने समेत बताईको छ । हालका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले राजीनामा दिने तयारी गरेको र उनीहरुको ठाउँमा शर्मा र विष्टलाई नियुक्त गर्न लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?