१३ चैत्र २०७९, सोमवार

फुट्याे नयाँ शक्ति

२०७४,आश्विन,२०,शुक्रवार १०:०२

0
Shares

काठमाडौं– डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका चार केन्द्रीय परिषद सदस्यले पार्टी परित्याग गर्दै नयाँ शक्ति समाजबादी पार्टी गठन गर्ने घोषणा गरेका छन् । रामप्रसाद न्यौपाने, प्रकाशराज बगाले, परशुराम गिरी र भरत खतिवडाले नयाँ शक्ति छाड्दै नयाँ शक्ति समाजवादी पार्टी गठन गर्ने घोषणा गरेका हुन् । उनिहरुले आफुहरुसँगै देशभरका ६३ जनाले पार्टी परित्याग गरि समाजबादीमा समाबेश भएको दावी गरेपनि नाम भने खुलाएका छैनन् ।नयाँ पार्टीको नेतृत्वका लागि रामप्रसाद न्यौपानेको संयोजकत्वमा सहसंयोजक भरत खतिवडा, सचिव र प्रवक्तामा परशुराम गिरी र बरिष्ठ नेताको रुपमा प्रकाश राज बगाले रहेको शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । सो पार्टीले निर्वाचन आयोगमा जानकारी गराएर मंसिरमा हुने निर्वाचन लड्ने बताएको छ । त्यसका लागि एमाले र राप्रपाबाहेकका दलसँग तालमेल गर्ने पनि जनाइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार १०:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका लागि सरकारी निवासको टुंगो लागेको छ । लैनचौरस्थित पूर्व उपराष्ट्रपति परमानन्द झा र

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६