काठमाडौं । संघीय राजधानी काठमाडौंमा दुईसाता लामो निषेधाज्ञा भएपछि दैनीक ज्याला मजदुरी गरे दैनिक जीवन गुजारा गर्दै आएकाहरु ठूलो समस्यामा परेका छन् । केही दिनका लागि आफुले कमाएको २-४ रुपैयाले दुई छाकको जोहो गर्दे आएकाहरु निषेधाज्ञा लम्बिदै गएपछि समस्यामा परेका हुन् ।
यसरी बिहान साँझ खाना खान समेत समस्या परेकालाई विभिन्न संघ संस्थाहरुले पिच रोड मा नै राखेर खाना खुवाउन थालेका छन् । कोभिड-१९ को पहिलो लहरको समयमा टुँडिखेलमा खाना खुवाईएको थियो । महानगरले त्यहाँबाट हटाएपछि विभिन्न प्यालेसहरुमा भेला पारेर खाना खुवाउने गरिएको थियो । अहिले भने बाटो बाटोमा नै खाना खुवाउने र खानेहरु देखिएका छन् ।

यसैबीच, निषेधाज्ञाको १४ औ दिन काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रहरीले चेकजाँचमा कडाई गरेपनि सडकमा दुई पाङग्रे र चार पाङग्रे सवारी साधन सञ्चालनमा खासै भिन्नता देखिएको छैन ।
अघिल्ला दिनहरुमा जसरी नै सवारी साधन सञ्चालनमा छन् । सवारी अनुमति नभएका र विना काममा हिड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिई होल्डि सेन्टरमा राखेको छ । कतिपयलाई १ सय रुपैया जरिवाना पनि गरेको छ ।
कोभिड-१९ संक्रमणको जोखिम न्युनीकरणका उपत्यकाका तीनै जिल्लामा बैशाख १६ गते देखि निषेधाज्ञा जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया