तास खेलिरहेका ३२ जना जुवाडे पक्राउ

लोकपथ
168
Shares

काठमाडौं । तास खेलिरहेको अवस्थामा ३२ जना जुवाडे पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१६ बहतीपोखरी बस्ने ४९ वर्षीय पिताम्वर गौतमको सोही ठाउँस्थित फेवा दर्शन होटेलमा तास खेलिरहको अवस्थामा गौतम समेत २५ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटेल भित्र तास खेलिरहको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १० लाख ९७ हजार रुपैयाँ, ३० बुक तास र तास खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाईन सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका-८ भाग्राबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय पूर्ण बहादुर तामाङ समेत ७ जनालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा तास खेलिरेहको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ६९ रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?