इंग्लिश प्रिमियर लिग : आज मध्यरातमा ‘लन्डन डर्बी’

लोकपथ संवाददाता
182
Shares
MANCHESTER, ENGLAND – JULY 24: The Arsenal and Chelsea club crests on the first team home shirts on July 24, 2020 in Manchester, United Kingdom. (Photo by Visionhaus)

काठमाडौं ।  इंग्लिश प्रिमियर लिग अन्तर्गत आज रातिको खेलमा चेल्सी र आर्सनल प्रतिस्पर्धा गर्दै छन्। इंग्लिश फुटबलमा ठूलो महत्व बोकेको यस ‘लन्डन डर्बी’ नेपाली समय अनुसार बिहीवार मध्यरात १:०० बजे खेलिने छ।

चेल्सीको ‘स्टामफोर्ड ब्रिज’मा खेलिने सो खेल चेल्सीको ‘टप ४’ रेसको लागि निकै महत्वपूर्ण रहनेछ। ३५ खेलमा ६४ अंकसहित चेल्सी अहिले चौथौं स्थानमा छ। गए राति भएको खेलमा लेस्टरले म्यानचेष्टर युनाइटेडलाई पराजित गरेसँगै चेल्सी तेस्रो बाट चौथौं स्थानमा झरेको हो।

उता आर्सनलको आफ्नै समस्या छ। ३५ खेलमा ५२ अंकसहित आर्सनल ९औं स्थानमा रहेको छ।

पछिल्लो समयमा चेल्सी निकै बलियो देखिएको छ। भर्खरै म्यानचेष्टर सिटीलाई उसकै घरेलु मैदानमा पराजित गरेको चेल्सी यस सिजनको च्याम्पियन्स लिग र एफए कप दुवै प्रतियोगिताको फाइनल खेल्न गइरहेको छ।

तर आर्सनलले गत डिसेम्बरमा चेल्सीलाई ३-१ गोलले पराजित गरेको थियो। आर्सनलले चेल्सीलाई गत वर्षको एफए कप फाइनलमा पनि पराजित गरेको थियो।

दुई टोलीको अकं तालिकामा स्थान र परिस्थितिले लन्डन डर्बीको उत्साह घटाउँदैन। बरु अझै ‘को भन्दा को कम?’ भन्ने भावनाका साथ आजको खेलमा आर्सनलले चेल्सीको यात्रा गर्नेछ।

इंग्लिश प्रिमियर लिगको उपाधि म्यान्चेस्टर सिटीले जितिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?