एमालेद्वारा २१ जनाको नाम सिफारिस

चितवन, २० असोज ।आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) चितवनल २१ जनाको नाम सिफारिस गरेको छ ।जिल्ला कमिटीको हिजो सम्पन्न बैठकले क्षेत्रबाट आएका नामलाई अनुमोदन गरी केन्द्रीय समितिमा सिफारिस गरेको हो ।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ बाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको नाम सर्वसम्मत् रुपमा सिफारिस गरिएको सो पार्टीले जनाएको छ । त्यसैगरी क्षेत्र नं २ बाट पार्टी अध्यक्ष एवं सांसद कृष्णभक्त पोखरेलको नाम सिफारिस गरेको छ । पोखरेल यसअघि पनि चितवन क्षेत्र नं ३ बाट सांसद बन्नुभएको थियो ।यसैगरी क्षेत्र नं ३ बाट चार जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा घनश्याम भट्टराई, शंकर थपलिया, रविकिरण पौडेल र सूर्य जमरकट्टेल हुनुहुन्छ ।त्यस्तै प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ (क) बाट दावा दोर्जे लामा र डा कृष्ण पन्त तथा (ख) बाट कृष्ण खनाल, क्षेत्र नं २ (क) बाट विजय सुवेदी र (ख) बाट तेजेन्द्रबहादुर खड्का, क्षेत्र नं ३ (क) बाट कृष्ण भूर्तेल र (ख) बाट रामप्रसाद न्यौपाने, प्रकाश ढुंगाना, लीला आचार्य, प्रेम तिमिल्सिना, सुदिप रेग्मी, कल्पना सापकोटा, श्याम विष्ट, शान्तराज आचार्य र श्रीमान् थिङको नाम सिफारिस गरिएको नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जानकारी दिए ।समानुपातिक तर्फको नाम भने टुंगो लाग्न सकेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?