काठमाडौं । आजदेखि कालीमाटी फलफूल तथा तरकारी बजार बन्द गरिएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार बुधबारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहिबारदेखि खुद्रा बजार बन्द हुने भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले बजार बजार बन्द रहेको जानकारी दिए । तरकारी बजारमा धेरै भीडभाड हुने भएकाले कोरोना संक्रमणलाई रोक्न बजार बन्द गर्ने निर्णय गरिएको जनाईएको छ ।
समितिले तरकारी बजारभित्र ठेला, साईकल तथा मोटरसाईकल प्रवेशमा समेत रोक लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया