काठमाडौं । आज प्रदेश नं. १, प्रदेश नं. २ लगायत अन्य पहाडी भू–भागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक देखि सामान्य बदलि रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै प्रदेश नं. १, प्रदेश नं. २, गण्डकी प्रदेश र बाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया