कोरोनाका कारण एमाले प्रदेश सभा सदस्य चौलागाईँको निधन

काठमाडौं । कोरोना संक्रमणका कारण नेकपा (एमाले)का नेता तथा बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईँको निधन भएको छ ।

उनको कोरोना संक्रमणको उपचार गराईरहेको अवस्थामा मंगलबार राति मनमोहन अस्पतालमा निधन भएको हो ।
चौलागाईँ देलखा प्रदेश सभा (ख) बाट बागमती प्रदेश सभामा निर्वाचित भएका हुन् ।

उनको निधनमा नेपाल सरकारका मन्त्रीहरु, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु र एमाले नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुले सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?