मकवानपुर । बागमती प्रदेश, सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोभिड–१९ संक्रमितलाई अस्पतालमा अक्सिजन र भेन्टिलेटरको अभाव हुन नदिई तत्काल उपचारसेवा पुर्याउन सरकारले संघीय सरकारसँग समन्वय गर्ने बताउनुभएको छ । प्रदेशसभा, स्वास्थ्य, शिक्षा र कृषि समितिद्वारा आज आयोजित भर्चुअल बैठकमा उहाँले समितिले निर्णय गरी उपलब्ध गराएको
१० बुँदे निर्देशिकालाई तत्कालै संघीय सरकारसँग समन्वय गरेर कार्यान्वयन गरिने दृढता व्यक्त गरे ।
समितिले आज निर्णय गरी विभिन्न महत्वपूर्ण सरोकारका विषयमा १० बुँदे निर्देशिका जारी गरेर सामाजिक मन्त्रालयलाई कदम चाल्न आग्रह गरेको समितिका सचिव सुन्दर पन्तले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया