काठमाडौं आइपुग्यो चीन सरकारले अनुदानमा दिएको अक्सिजन र भेन्टिलेटर

लोकपथ
497
Shares

काठमाडौं । चीनबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर आएको नेपाल वायुसेवा निगमको वाइडबडी काठमाडौं आइपुगेको छ ।

चिनियाँ दूतावासले दिएको दिएको जानकारी अनुसार चीनबाट १० वटा भेन्टिलेटर मेसिन, ४०० थान अक्सिजन सिलिन्डर बोकेको विमान मंगलवार अपरान्ह काठमाडौं आइपुगेको हो ।

No photo description available.

चिनियाँ कम्पनी होङ्सी सिमेन्टका तर्फबाट नेपाललाई यी सामग्रीहरु अनुदान दिइएको दूतावासले जनाएको छ ।

नेपालको वर्तमान महामारी गम्भीर रहेको भन्दै चीनले नेपाललाई आपतकालीन अनुदान सहयोग प्रदान गर्न समन्वय गरिरहेको चिनियाँ दूतावासले जनाएको छ ।

महामारीविरूद्ध नेपाली जनताको लडाइँलाई समर्थन गर्दै नेपाल सरकारको अनुरोध अनुरुप चीन सरकारले नेपाललाई आपतकालीन चिकित्सा सहयोग पुर्‍याउने निर्णय गरेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?