स्वयम्भूनाथको परिक्रमा (फोटोफिचर)

काठमाडौं । आकाश निर्धक्क खुल्न पाएको छैन । चिसो छ, मौसम । हावा आफ्नै बहावमा बहँदो छ। सूर्य बादलहरुको घुम्तो बनाई आफूलाई लुकाई बसेको छ ।

काठमाडौंस्थित स्वयम्भूनाथ परिसरमा धुपको सुगन्ध आईरहेको छ । छेवैमा कुकुरहरु भुकिरहेका छन् । बाँदरहरु वल्लोपल्लो रुखमा नाच्दैछन् । जोडी बनेर स्वयम्भूको स्तुपामा बसेका जोडी परेवाहरुलाई देख्दा जोकोहिको मन आनन्दीत हुन्छ।

जारी निषेधाज्ञाका कारण सधैँजसो व्यस्त हुने सडक तथा अन्य सार्वजनिक स्थानहरु सुनसान छन्। आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो भिडभाड हुने स्वयम्भूनाथ स्तुपामा यतिबेला सन्नाटा छ।

स्वयम्भूनाथमा चहलपहल त छ तर केवल बाँदर, कुकुर र परेवाहरुको ।

स्वयम्भूनाथ क्षेत्रमा जे देखियो: 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?