बुढानिलकण्ठमा चक्कु प्रहार गरि नगद लुटपाट गर्ने एक जना पक्राउ

लोकपथ
1k
Shares

काठमाडौं । चक्कु प्रहार गरि नगद लुटपाट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट संचालन गरि बस्ने एक २० वर्षीया महिलालाई चक्कु प्रहार गरी नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरेको अभियोगमा काठमाडौं भंगाल बस्ने कञ्चनपुर भाँसी घर भएका ३६ वर्षीय सन्तोष बिष्टलाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सन्तोषले ती महिलालाई चक्कु प्रहार गरि घाईते बनाई रेमिटबाट उक्त नगद लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चक्कु प्रहारबाट घाइते भएकी उनलाई उपचारका लागि भंगाल करुणा अस्पताल पठाइएको र अवस्था सामान्य रहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?