छुट्टाछुट्टै घटनामा एक बालकसहित दुईको मृत्यु

लहान, २० असोज ।सिरहाको कर्जन्हा नगरपालिकास्थित कमला नदीको नहरमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा कर्जन्हा नगरपालिका– ५ का रवीन लामाको १० वर्षीय छोरा सम्भोग लामा वाइवाको मृत्यु भएको हो ।भाइ र साथीसँग कमला नदीको नहरमा पौडी खेल्ने क्रममा सिकिस्त भएका सम्भोगको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।यसैगरी पानी तान्ने मोटरमा करेन्ट लागेर आज बिहान सिरहाको बरियारपट्टी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बरियारपट्टी गाउँपालिका– ५ गोविन्दपुरका ५० वर्षीय मुनेश्वर राम रहेको छ । आफ्नै खेतमा मोटरबाट पानी तानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर रामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?