अक्सिजन अभाव भएपछि बिरामी डिस्चार्ज गर्न अस्पतालको आग्रह

लोकपथ
147
Shares

काठमाडौं । काठमाडौंको अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजले अक्सिजन अभाव भएपछि त्यहाँ रहेको कोरोनाका बिरामीहरुलाई अन्यत्र लैजान आग्रह गरेको छ ।

अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै आज अपरान्ह ४ बजेसम्मका लागि मात्रै अक्सिजन पुगेपनि त्यसपछिको समयमा अक्सिजन नपुग्ने जनाएको छ ।

अस्पताललाई अक्सिजन उपलब्ध गराउने सोपान फर्मास्यूटिकल लिमिटेडको मेसिन बिग्रिएकाले तत्काल अक्सिजन हुन सक्ने सम्भावना अन्यत्न न्यून भएको बताउँदै बिरामी डिस्चार्ज गर्न लागेको जनाएको छ ।

जारी सूचनामा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय साथै अस्पताल रहेको नगरपालिका लगायत सम्बन्धित निकायलाई जानकारी गराउँदै बिरामीलाई डिस्चार्ज गराउन लागेको बताएको छ ।

“अक्सिजन उपलब्ध हुन नसक्ने उल्लेखित व्यहोरासहित बिरामीलाई डिस्चार्ज गर्न लागिएकोबारे श्री नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, गोकर्णेश्वर नगरपालिका, महानगरीय प्रहरीबृत्त बौद्ध लगायतका सम्बन्धित निकायहरुमा समेत जानकारी गराइसकिएको छ ।” जारी सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?