सवारी पासबिनै धमाधम यात्रु ओसार्दै थियो बस, जब प्रहरी चेकिङमा पर्‍यो…

लोकपथ
574
Shares

टेकसिंह धामी/धनगढी । कैलालीमा निषेधाज्ञा उलङ्घन गर्दै बस चलाउने ४ बससहित चालक नियन्त्रणमा लिइएको छ । कैलाली प्रहरीले निषेधाज्ञा उलङ्घन गरी यात्रुहरु ओसारपोसार गर्ने ४ वटा बससहित चालकलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

पासबिना यात्रु ओसारपसार गरिरहेका ४ वटा बसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

No description available.

जिल्ला प्रहरी कार्यालयका कैलाली प्रहरी नायव उपरिक्षक भरत चौधरीका अनुसार ना ७ ख ५२६३ नम्बरको बस र उक्त बस चालक धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने ४० बर्षिय अजय स्वार र ना ८ ख ४९९७ नम्बरको बस र उक्त बस चालक धनगढी वडा नम्बर २ का ३२ बर्षिय मनोज खड्कालाई नियन्त्रणमा लिईएको हो ।

यस्तै ना ७ ख ४१४ नम्बरको बस र उक्त बस चालक गौरीगंगा नगरपालिका वडा नम्बर ६ का ३४ बर्षिय ईन्द्र बहादुर कडायत र ना ७ ख ४०२ नम्बरको बस र उक्त बस चालक धनगढी वडा नम्बर ३ का ४८ बर्षिय चिरिन्जिवी डंगोललाई नियन्त्रणमा लिएर कारवाही गरिएको उनले बताए ।

No description available.

नियन्त्रणमा लिई बस चलाउने व्यक्तिहरु उपर संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय कैलालीमा पठाईएकोमा निजहरुलाई प्रतिव्यक्ती ६ हजार जरिवाना गरी छोडिएको प्रहरी नायव निरिक्षक चौधरीले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमणको चेन ब्रेक गर्न यहि बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?