काठमाडौं । काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) मा कोरोना संक्रमणको जोखिम बढेसँगै थप १५ दिन निषेधाज्ञाको समयावधी बढाइएको छ ।
त्यस विषयमा छलफल गर्न काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) हरुको बैठक बसिरहेको छ ।
आजको बैठकले निषेधाज्ञा थप १५ दिन लम्ब्याउने र पहिले भन्दा कडा पारिने विषयमा छलफल भइरहेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले लोकपथलाई जानकारी दिए । उनका अनुसार राष्ट्रिय प्राथमिकताका आयोजना बाहेक अन्य आयोजनाको काम बाहेक अन्य आयोजनाको कामहरु रोकिनेछ ।
‘थप १५ दिन निषेधाज्ञा बढाउने निर्णय भएको छ । जोखिम बढिरहेकाले निषेधाज्ञा थप कडाइ हुन्छ । अब राष्ट्रिय राष्ट्रिय गौरवका र राष्ट्रिय प्राथमिकताका आयोजना बाहेकका अन्य कामहरु रोकिनेछ ।’ बस्नेतले लोकपथसँग भने । ‘त्यसबारे अधिकारी निर्णय केहिबेरमा सार्वजनिक हुनेछ ।’
त्यस्तै होटेल तथा पार्टी प्यालेसमा हुने विभिन्न समारोहहरु (विवाह, ब्रतबन्ध, पास्नी लगायत)मा समेत१० जना भन्दा बढी उपस्थित हुन नपाउने व्यवस्था गरेको उनले बताए ।
नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै वैशाख १६ गतेबाट १ हप्ताको लागि उपत्यकामा निषेधाज्ञा गरिएको थियो । त्यस्तै जोखिम थप बढेसँगै वैशाख २२ गतेबाट २९ गतेसम्म लम्ब्याइएको निषेधाज्ञा भोलिबाट सकिँदैछ । त्यसैअनुसार आज बैठक बसि प्रशासनले निषेधाज्ञा लम्ब्याइएको हो ।
उनका अनुसार निषेधाज्ञा १५ दिन थप हुँदा जेठ १३ गतेसम्म हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया