आजको बजार : बढ्यो सुन, घट्यो चाँदी

लोकपथ
143
Shares

काठमाडौं । मंगलवार नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

गत कारोबार दिन सोमवार नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार रहेको थियो । आज सुनको मूल्य तोलामा ३ सयले वृद्धि भइ प्रतितोला सुन ९२ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ ।

महासंघका अनुसार मंगलवार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले गिरावट आएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १३ सय ६० रहेको थियो । त्यस्तै आज मूल्य कमि भइ प्रतितोला चाँदी १३ सय ४५ कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?