आज आमाको मुख हेर्ने दिन, देशभर खुसीयाली साथ मनाइँदै

काठमाडौं-

नौ नौ महिना कोखमा राखि तिम्ले भित्र्याएउ मलाइ यो संसार मा बोकि ।
जति कठिन परिस्थिति आएपनि तिम्ले हुनदिएनौ आमा केहि पनि तिम्रो माया र ममता अपार !!

माथिको मर्मस्पर्शी शब्दहरुले भनेझै आमाको महिमा शब्दले बयान गर्न सकिन्न ।

दुई अक्षरले बनेको आमा शब्द नै नै यति प्यारो छ कि, सुखमा त धेरैले बिर्सिन सक्छन् तर दुखमा वा सानो तिनो चोट लाग्दा समेत आमा शब्द अनायासै सबैको मुखबाट फुत्किहाल्छ ।

ठाढा रहेका सन्तानका लागि फोन गर्दा होस् वा टाढाबाट घर पुग्दा आमाको पहिलो वाक्य भोक लागेको होला हुने गर्दछ ।
सन्तानको खुसीका लागि आफ्ना दुखहरुलाई हाँसीहाँसी स्वीकार गर्नेआमा आफ्नो सन्तानहरुका लागि जस्तोसुकै परिस्थितिसँग पनि जुध्न तयार हुन्छिन् । भनिन्छ एउटा रुखले जति फल फलेर हाँगालाई भुईमा नुगाएपनि फल फल्न छाड्दैन । त्यसरीनै जति नै सन्तानहरु भएपनि आमाको माया भने बराबर हुन्छ । भलै विवेकशील प्राणी भएर हामी मानिसहरुको मात्र आमाको बयान गरिरहेका छौँ । आमाका महिमाहरु गाहिरहेका छौँ । तर यो नियम सम्पूर्ण प्राणीहरुमा लागू भएको देखिन्छ ।

हुन त एउटी महिलाको लागि पहिलो सुख र खुसी भनेकै सन्तान सुख हो । सन्तान प्राप्ति बिना महिलाले आफूलाई महसुस गर्ने गर्छिन् । सन्तान सुखमा आफ्नो खुसी खोज्न सक्ने क्षमता भएर नै होला आज सन्सारमा आमाको महिमा यति ठूलो भएको ।

हरेक वर्षको वैशाख कृष्ण पक्षको औँशीका दिन आमाको मुख हेर्ने दिन अर्थात आमा खुवाउने औँशीको रुपमा मनाइन्छ । पौराणिक कालदेखि नै आजको दिन जन्मदिने आमाप्रति आदर व्यक्त गर्दै आमालाई मिठा मिठा खानेकुरा खुवाएर मनाइन्छ ।

शास्त्रहरुमा समते आमालाई पिता भन्दा उच्च स्थानमा मातालाई राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति र सम्मान गरिएकी आमालाई आजको दिन अरु दिनभन्दा मिठो खान र राम्रो लगाउन दिई एक आपसमा आर्शिवाद लिने चलन पनि रहेको छ । यसो त आजको दिन टाढा टाढा रहेका विशेषगरी छोरीहरु आमालाई खुवाउनका लागि माइतीघर जाने गर्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले सञ्चारमाध्ययमबाट आमालाई सम्झिने गर्ने गरिन्छ ।

आमा खुवाउने औँशीको दिन पारेर कतिपय ठाउँहरुमा त धुमधाम मेला नै लाग्ने गरेको छ । प्रत्येक वर्ष मातातीर्थ औँशीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधाम मेला लाग्ने गरेको छ । तर कोरोना महामारीका कारण अघिल्लो वर्ष र यसवर्ष पनि त्यहाँ मेला लाग्न पाएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?