आलितालमा डुबेर एक बेपत्ता

 डडेल्धुरा २० , असोज ।डडेल्धुरा आलिताल गाउँपालिका – ३ स्थित पर्यटकीय एवं धार्मिक आलितालमा डुबेर एकजना बेपत्ता भएका छन् ।पौडी खेल्न गएका आलिताल गाउँपालिका – ३ रक्सोनका ४१ वर्षीय बलबहादुर मास्के रानामगर सो तालमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।बिहीबार दिउँसो पौडी खेल्न गएका रानामगर पौडी खेल्दाखेल्दै तालमा डुबेको इलाका प्रहरी कार्यालय आलितालले जनाएको छ । स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय जोगबुढा र आलिताल प्रहरी चौकीले उनको खोजीकार्य जारिराखेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब निरीक्षक जोशीले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?