काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले अब बल दलहरुको कोर्टमा आएको बताएका छन् ।
मंगलबार बिहान समसामयिक राजनीतिको सम्बन्धमा एक ट्वीट गर्दै डा. भट्टराईले दलहरुको कोर्टमा बल आएको बताएका हुन् । एक थान सरकारको मात्र कुरा नभई मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोना लगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु रहेको उनको भनाई छ । ‘अब बल दलहरूको कोर्टमा आएको छ ।’ उनले लेखेका छन्, ‘प्रश्न एक थान सरकारको मात्र हैन;मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोना लगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो ।’
डा. भट्टराईले राष्ट्रिय समस्याहरु समाधानका निम्ति सबैले संकीर्ण र गुटीय सोचभन्दा माथि उठ्नुपर्ने बताए । उनले जसपाले वैकल्पिक शक्ति हुनुको नाताले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्नेमा पनि जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया