नयाँ सरकार गठन नहुञ्जेल ओली सरकारले नै दैनिक कार्य सञ्चालन गर्ने

लोकपथ
105
Shares

काठमाडौं । नयाँ सरकार गठन नहुञ्जेल सम्मका लागी केपी शर्मा ओलीकै नेतृत्वमा रहेको सरकारले दैनिक कार्य सञ्चालन गर्न राष्ट्रपति बिद्यादेवी भण्डारीले जिम्मेवारी प्रदान गरेकि छिन् ।

सोमबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्ति जारी गरी अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम वर्तमान मन्त्रिपरिषद्ले नै कार्य सञ्चालन गर्ने गरी राष्ट्रपतिले तोकेको जनाएका हुन् ।

ओली सरकार सोमबार अविश्वासको प्रस्तावमा असफल बनेको हो । राष्ट्रपति भण्डारीले सोमबार नै बहुमतको सरकार गठनको लागि बिहिबार बेलुकी ९ बजेसम्मको लागि समय समेत दिईसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?