बिहीवारसम्म बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

लोकपथ
140
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका निम्ति दलहरुलाई वैशाख ३० गते बिहीवार साँझ ९ बजेसम्मका लागि समय दिएकी छिन् ।

सोमवार साँझ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति बिहीवारका दिन साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आव्हान गरेको बताएका छन् ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?