अस्थिरताको अन्त्य गर्ने उपयुक्त विकल्प चुनाव नै हो : अध्यक्ष थापा

लोकपथ
325
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विद्यमान राजनीतिक अस्थिरताको अन्त्य गर्ने उपयुक्त विकल्प चुनाव नै भएको बताएका छन् ।

सोमबार साँझ ट्वीट गर्दै अध्यक्ष थापाले कोरोना महामारी विकराल भएको अवस्थामा प्रधानमन्त्री पदमुक्त भएको भन्दै काम चलाउ सरकारको स्थिति तत्काल अन्त्य गर्न राष्ट्रपतिद्वारा संविधानको धारा ७६(२)अनुसार सरकार गठन गर्ने प्रक्रिया शुरू गर्नुपर्ने बताए । अन्योल र स्थिरताको चाडो अन्त्य हुनुपर्ने उनको भनाई छ ।

अध्यक्ष थापाले जुनसुकै सरकार बनेपनि विद्यमान अस्थिरताको अन्त्य गर्ने उपयुक्त विकल्प चुनाव नै भएको बताए । विगत वर्षका घटनाक्रमले वर्तमान संविधान र व्यवस्थाकै औचित्य माथि प्रश्न चिन्ह खडा भएको भन्दै उनले पुर्नविचार गर्ने बेला भएको पनि बताए । ‘अहिले जुनसुकै सरकार बने पनि विद्यमान अस्थिरताको अन्त्य गर्ने उपयुक्त विकल्प चुनाव नै हो ।’ उनले भने, ‘विगत केही बर्षका घटनाक्रमले वर्तमान संविधान र व्यवस्थाको औचित्य माथि समेत प्रश्नचिन्ह खडा भएको छ । अव पुनर्विचार गर्ने बेला भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?