सूर्या लाइफको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद बीमा शुल्क ३ अर्ब २३ करोड (तथ्यांकसहित)

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार कम्पनीले खुद बीमा शुल्क ८२ दशमलव ५४ प्रतिशतले बढेर ३ अर्ब २३ करोड १३ लाख ९२ हजार रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ । कम्पनीका अनुसार गत आर्थिक बर्षको सोहि अवधिमा १ अर्ब ७७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा २९ करोड १० लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। कम्पनीले गत वर्षको सोही अवधिमा ५६ प्रतिशतले खुद मुनाफा वृद्धि गरेको हो । गत वर्ष भने यसले १८ करोड ६७ लाख ८ हजार रुपैयाँ नाफा गरेको थियो ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2021/05/3rd-Quarterly-report-Surya-life-078-01-27.pdf” title=”3rd Quarterly report Surya life-078-01-27″]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?