‘क्याट’ : कुकुरहरुले पाइरहेका छन् नयाँ जीवन र खाना

काठमाडौं । काठमाडौं पशु आश्रम (क्याट) बुढानिलकण्ठमा रहेको पशु आश्रम हो यहि आश्रमका कारण काठमाडौंमा भौतारिएर भोकभोकै दगुर्ने कुकुर र चराचुरुङ्गीले पेट भर्न पाएका छन् । पछिल्लो समय कोरोना भाइरस कोभिड-१९ को कारण विश्व भयभित भएका बेला यस महामारीबाट बच्न नेपाल सरकारले निषेधाज्ञा नीति अपनाएको छ ।

अध्ययन वा कामको सिलसिलामा शहरमा बसेका मानिसहरु सरकारले दिएको समयावधीमा गाउँ फर्किए । आफ्नो सुरक्षाको व्यवस्था मिलाउँदै सुरक्षित लाग्ने स्थानतिर दौडिए । तर सडकमा तिनै मानिसको सहारामा बाँचेका यी अबोध प्राणी ?

यीनिहरु यस्तो बेला भोकभोकै पर्छन् । जसै भूकम्पपछिको अवस्थामा समेत यिनीहरु निकै भौतारिनुपरेको थियो । अहिले निषेधाज्ञा भएपछि काठमाडौं पशु आश्रम काठमाडौंले यीनिहरुको सहारा बनेको छ । संस्थाले पशु चिकित्सक, कर्मचारी, स्वयम्सेवकलाई कोरोनाबाट बच्च उच्च सर्तकता अपनाएर भोका कुकुर र चराचुरुङ्गीलाई खाना खुवाउन व्यवस्था गरिरहेको छ ।

क्याट सेन्टरले आज (सोमवार) स्वयम्भुमा रहेका कुकुरको बन्ध्याकरण र खाना खुवाएको छ । क्याटले १४ ओटा कुकुरको बन्ध्याकरण गरिएको लेखा र लजिस्टिकमा कार्यरत बासु पराजुलीले लोकपथलाई जानकारी दिए ।

“स्वयम्भुको समुदायबाट अनुरोध आयो । यो पर्यटकीय क्षेत्र भएकोले मान्छेहरुको जनसंख्या कम छ, त्यसैले हामिलाइ सहयोग माग्नु भयो । यस्तो अवस्थामा बिकल्प खोजेन भने सम्भव नै छैन । यो ठाउँमा उहाँहरुले अनुरोधलाइ स्विकार गरेर हामिले यो काम गरेका हौँ । कुकरको बन्ध्याकरण गर्ने अनि रेबिजको भ्याक्सिन दिने गरेका छौँ । खास काम यहि हो दोस्रो भनेको त्यहि यरियामा भएको भोको कुकुरहरूलाइ खुवाउने पनि हाम्रो कार्यक्रम छ ।” पराजुलीले बताए ।

क्याटले यो कोरोनाको बेलामा कुकुरलाई खाना खुवाउदै आइरहेको छ । यसको अलवा एरपोर्ट, गौसला एरियाका कुकुरलाई खाना खुवाउने गरेको छ ।

जहाँ जहाँ बढि तड्पेका कुकुरहरु छन योजना बनाएर हाम्रो स्रोत साधन ले भ्याएसम्म त्याहा जाने गरेको बासु पराजुलीले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?