काठमाडौं । आज (सोमवार) साँझ मन्त्रिपरिषदको बैठक बस्दै छ।
साँझ ५ बजे बस्ने भनिएको बैठक संसद बैठक लम्बिएको कारण केही समय ढिलाइ भएको छ। प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा विशेष निर्णय गर्न सक्ने अड्कलबाजी गर्न थालिएको छ।
मन्त्रिपरिषदको बैठकमार्फत पूनः प्रतिनिधिसभा विघटन गर्ने गरि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने कतिपयको अड्कल छ । कतिपयले भने प्रधानमन्त्री ओलीले राजीनामा दिन सक्ने पनि अड्कलबाजी गरेका छन्। प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत माग्दै विश्वासको मत प्राप्त नभए मार्गप्रशस्त गर्ने बताएका थिए।
आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत खसेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया