काठमाडौं । सर्लाहीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।
आफ्नै श्रीमती ३२ वर्षीया उशादेबी कर्णको हत्या गरेको अभियोगमा हरिवन नगरपालिका-११ डेरा गरी बस्ने लालबन्दी नगरपालिका-२ नवलपुर पुनर्बास घर भएका ३५ वर्षीय बिजयलाल कर्णलाई आइतवार राति प्रहरीले पक्राउ गरेको हो ।
घरायसी बिबाद हुँदा बिजयलालले सिलौटोले टाउँकोमा प्रहार गर्दा उशादेबीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया