संसदमा मतदान शुरु, गएनन् नेपाल-खनाल पक्षका सांसद

लोकपथ
1.1k
Shares

काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान प्रक्रिया शुरु भएको छ ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्नका लागि मतदान शुरु भएपनि एमालेकै सांसदहरु अनुपस्थित रहेका छन् ।

बैठकमा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु भने अनुपस्थित रहेका छन् ।

एमाले सांसद समेत रहेका नेकपा एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले त्यसबारे जानकारी दिएका हुन् ।

उनले भने- ‘मतदान प्रकृया शुरु भयो । तर माधव कमरेड र झलनाथ कमरेड अनुपस्थित हुनुहुन्छ ! मेरो राजनितिक जीवनको आस्थाको धरोहर आज !!????…..’

आज बिहान बसेको नेपाल खनाल पक्षको बैठकले ओलीलाई विश्वासको मत नदिने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?