काठमाडौँ- अमेरिकी सरकारले देशको ठूलो इन्धन वितरक कोलिनियल पाइलाइनमा साइबर आक्रमण भएपछि आपतकालीन अवस्था लागू गरेको छ।
साइबर सुरक्षा राष्ट्रिय सुरक्षाका लागि नै गम्भीर चिन्ताको विषय रहेको भन्दै राष्ट्रपति जो बाइडेनले आपतकालीन अवस्था घोषणा गरेका हुन् । दैनिक दुई करोड ५० लाख ब्यारेल इन्धन वितरण गर्ने कोलोनियल पाइपलाइनको हेडक्वाटरमा साइबर आक्रमण भएको हो।
अमेरिकाको पूर्वी क्षेत्रमा खपत हुने डिजेल, ग्यास तथा जेट फ्यूलको ४५ प्रतिशत हिस्सा कोलोनियल पाइपलाइन मार्फत वितरण हुने गर्छ।आपतकालीन अवस्था लागु भएसँगै इन्धनको ढुवानी सडक यातायात मार्फत हुने भएको छ ।
डार्कसाइड नामक साइबर आपराधिक समूहले कोलोनियल पाइपलाइनको कम्प्युटर प्रणालीमा आक्रमण गरेको विभिन्न स्रोतबाट पुष्टि भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया