काठमाडौँ- आइसीसीको अप्रिल महिनाको ‘प्लेयर अफ द मन्थ’ अवार्ड पाकिस्तानका क्रिकेटर बाबर आजमले हात पारेका छन् । पाकिस्तानका कप्तान तथा ब्याट्सम्यान बाबर आजमले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको ’प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका हुन्।
अप्रिल महिनामा उनले तीन एकदिवशीयमा २ सय २८ तथा सात ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ३ सय ५ रन जोडेका थिए । नेपाल राष्ट्रिय टोलीका युवा ओपनर कुशल भुर्तेल पनि मनोनयनमा परेका थिए । तर कुशलले अवार्ड भने प्राप्त गर्न सकेनन् ।
आजमले भुर्तेललाई उछिनेर अवार्ड हात पारेका हुन् । भुर्तेल अप्रिल महिनाको उत्कृष्ट क्रिकेटर बन्न असफल भए । घरेलु भूमिमा भएको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल पहिलो पटक अवार्डको मनोनयनमा परेका थिए ।नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिजमा कुशलले ४ अर्धशतक बनाएका थिए।
कुशल टी–ट्वान्टीको ब्याटिङ वरीयताको ६१ औं स्थानमा रहेका छन् । त्यस्तै महिलातर्फ अस्ट्रेलियाली क्रिकेटर एसिला हेले अप्रिल महिनाको उत्कृष्ट खेलाडी चुनिएकी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया