अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि

लोकपथ
130
Shares

काठमाडौं- अभिनेत्री वर्षा राउतलाई कोभिड-१९ संक्रमण भएको छ । संक्रमणको आशंकापछि पीसीआर गराएकी वर्षामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिँदै संक्रमणपछि गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छन् । उनको स्वास्थ्य अवस्था भने सामान्य नै छ।

स्वास्थ्य मापदण्डको पालना गर्दै उनी होम आइसोलेसनमा छन् । यो बेला सबैलाई सचेत रहन उनको आग्रह छ ।

कोरोना भाइरसको दोस्रो लहरले संक्रमित  हास्य कलाकार मदन कृष्ण श्रेष्ठ पनि स्वास्थ्यलाभ गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?