काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुद्दा जितेर ल्याएको संसद फेरि बचाउन आफ्नो पक्षमा मत दिनका लागि सांसदहरुलाई आग्रह गरेका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा विपक्षी दलले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।
‘मत दिनुस् ।अनि कसरी संसद विघटन हुँदैन ।’ ओलीले भने- ‘मुद्दा लढेर फिर्ता ल्याएर संसद बचाउँ । एउटै प्रधानमन्त्रीले संसद चलाउनका लागि भनेर नै २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउने व्यवस्था संविधानमा नराखेको बताए ।’
त्यस्तै आफूलाई सांसदहरुले मत नदिने कुनै कारण नभएको बताउँदै विश्वासको मत मागेका हुन् । ‘मलाई सदनले विश्वास दिँदैन जस्तो लाग्दैन । तर कुरा सुन्दा होला होला जस्तो पनि लाग्छ ।’ प्रधानमन्त्री ओलीले भने ।
त्यस्तै आवश्यक्ता अनुसार संविधानमा भएका त्रुटिहरुलाई संशोधन गर्दै जानुपर्नेमा जोड दिन आग्रह गरेका छन् । कोरोनाबाट देश गुज्रिरहेको बेला कलह र वैमन्यस्यतातिर लैजाने काम भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया