जसपा : महन्थ तटस्थ, उपेन्द्र विपक्षमा !

लोकपथ
49
Shares

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने भन्नेमा दुई पक्षबीच ‘विभाजन’ देखिएको छ ।

सरकारलाई समर्थन दिने नदिने सवालमा पहिलेदेखि नै विभाजित देखिएको जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने घोषणा गरेका छन् भने केहिबेरअघि बोलेका अर्का अध्यक्ष महन्थ ठकुरले अहिलेको अवस्थामा आफूहरु विश्वासको मतको प्रस्तावको पक्षमा पनि नभएको र विपक्षमा पनि नभएको भन्दै तटस्थ बस्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनकै लागि बोलाइएको बैठकलाई सम्बोधन गर्दै यादवले आफूहरु नयाँ सरकार बनाउने बाटोमा अघि बढिसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?