काठमाडौँ- आज सोमवार नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २७.४१ अंकले बढेर २६४५.८४ को बिन्दुमा पुगेको हो ।
आज ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७ सय ८९ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१८ कम्पनीको ७५ लाख ७९ हजार ३ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।
आज सबैको समुहगत सुचक बढेको छ । आज राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर लगायत चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै आज विशाल बजार कम्पनी सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया