काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कारण संविधानमा समेत कोरोना लागेको टिप्पणी गरेका छन् ।
आजको संसद बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारका गतिविधिले संविधानलाई पनि कोरोना लागेको जस्तो भएको बताएका हुन् । उनले संविधानलाई नै आइसियूमा राख्नुपरेको जस्तो भएको बताए।
सम्बोधनका क्रममा उनले भने, “राष्ट्रिय समस्या म हो कि तपाई ? प्रश्न गर्न चाहान्छु ?” पार्टीभित्रको विवादलाई लिएर संसदलाई नै विघटन गरेको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन्। पार्टी भित्रको आन्तरिक विवादलाई संसद विघटन गर्न नपाउने उनले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया